इटहरीः गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ....“ सार्वजनिक भएको छ ।

नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाउंदै आएकी गायिका सुनिता तिमल्सिनाको सार्वजनिक यस गीतले पनि चर्चा पाउनेमा गायिका तिमलसिना ढुक्क छिन् । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै पूर्वी नेपालको धारानदेखि काठमाडाँै झरेकी गायिका सुनिता गायकीजस्तै अभिनयमा पनि उत्तिकै माहिर रहेकी छन् । ‘यो मेरो सांगीतिक पाइलाले जस्तो सफलता लिएपनि म अझै निरन्तर संगीत क्षेत्रमा नै रहनेछु , मैले जानेको बुझेको नै सांगीतिक आकाश हो,’ उनी भन्छिन्, ‘संगीत जति सिक्यो, जति गायो त्यति डुब्ने कुरा हो म अझै डुब्न चाहन्छु ।’ यस गीतमा आवाजसँगै संगै उनको आफ्नै अभिनय पनि हेर्न सकिन्छ ।

अभिनयमा उनलाई सक्किगोनि टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् । यस भिडियोमा हरिश निरौला (कक्रोज ) फरक भूमिकामा देखिएका छन् । नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाइएको छ । निर्देशक सुमन सागरजंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन् । गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युट्युब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ ।