इटहरीः गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक भएको छ ।

गीत बुधबार युट्युबमार्फत् रिलिज गरिएको हो । गीतमा समृद्धिको लागि एकताको आह्वान गरिएको छ । समृद्ध नेपाल निर्माणका लागि रिष राग द्वेषलाई छोडेर अघि बढ्नुपर्ने भाव गीतमा समेटिएको छ । उनको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम सार्वजनिक भइसकेको छ ।

आधा दर्जनभन्दा बढी संयुक्त गीती संग्रह बजारमा आएका छन् । उनको केही समयअघि मात्र वनचरी सार्वजनिक भएको थियो । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाले खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाएकी छन् । साजन राईको संगीत र स्वर रहेको यस गीतको किरण थापाले निर्देशन तथा सम्पादन गरेका छन् ।