इटहरीः गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा नायक पल शाहसँगै रियासा दाहाल फिचर्ड छन् । भुमिका गिरी युटुब च्यानलमार्फत् सार्वजनिक लोक जनाराको गितले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ । गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण विकले गरेका छन् । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।