इटहरीः आयोजक युथ ग्रुप नेपालले नेपाली गीतसंगीतको प्रचारप्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको सबै विधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । ‘नेपालको सान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत मसान्तसम्म बजारमा आएका कुनैपनि गीतसंगीतले सहभागिता जनाउन सक्नेछन् । सुगम संगीत, पप संगीत, लोकदोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरी गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिब तीन दर्जनभन्दा बढी विधा अवार्डमा समेटिएको छ ।

नयाँ वर्षको असारमा एक भव्य कार्यक्रमसहित वितरण हुने अवार्डमा समारोहमा लामो समय गीतसंगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगदसहित सम्मान गरिनेछ ।
अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए ।