इटहरीः नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली गीत ’आबन बैठ भट्भटिया पऽ’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको छ । निर्देशक प्रदीपकुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नविन गिरीले छायांकन गरेका छन् । म्युजिक भिडियो रुद्रसेन विश्वकर्मा, लजिना सुवेदी, लिजा कौशल, पूजा ठाकुर, माही खान, रोजिना क्षेत्री र सबिका भट्टराईलाई फिचर्ड गरिएको छ । भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत् सार्वजनिक गरिएको छ ।

तराईका चर्चित ६ जना मोडलहरुलाई एकै पटक भिडियोमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन् । लगातार एकपछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक विश्वकर्मा भर्सटायल गायकको रुपमा परिचित छन् ।