इटहरीः पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत क्षेत्रको सांगीतिक बजार निकै फराकिलो बन्दै गएको छ ।

त्यसमा पनि प्रत्यक्ष घम्साघम्सी लाईभ दोहोरी भन्नेबित्तिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सीमा लाईभ दोहोरीको क्रेज बढेसँगै नेपाली लोक गीत संगीतको पनि छुट्टै पहिचान बनेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत् गीत संगीत, गायक गायिका भाइरल बनेका छन् भने कतिपय नयाँ सिर्जना विकास हँुदै नवकलाकारको उत्पादन पनि बढ्दै गइरहेको छ । कुष्ण कँडेलको इन्द्रेणी कार्यक्रम र कमलकुमार विकको सारङ्गी संसार युट्युबमा अत्यन्तै रुचाइएको लाईभ दोहोरी कार्यक्रम हो । पछिल्लो समय सांगीतिक बजारमा गीत संगीतको माहौल निकै फस्टाइरहेको छ , सबै दर्शक तथा स्रोताहरुको नजरमा निकै लोकप्रिय बनेको छ , यसो त भाइरल स–साना बाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज बनेको दर्शकहरुको प्रतिकृया पाइएको छ ।

युट्युबमा प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेन्डिङ्गको अग्र स्थानमा रहने गर्छन् । यसैबीच पछिल्लो समयका निकै लोकप्रिय गायक एवम् सर्जक विजय भण्डारीलगायत पुष्पा बोहरा चर्चित गायिकाको डान्सिङ गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक एवम् सर्जक विजय भण्डारी र र सुमधुर स्वरकी धनि पछिल्लो समयकी चर्चित गायिका पुष्पा बोहराको उत्कृष्ट उक्त गीत ‘हेल्लो बेबी’ लाई दर्शक तथा स्रोताले निकै मन पराएका छन् ।