इटहरीः गायक प्रवीण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ’फूल राम्रो’को सार्वजनिक भएको छ ।

गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

4

अनिल के सीको प्रस्तुति रहेको ’फूल राम्रो’गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।