इटहरीः नेपाली लोक गीत संगीतको बजारमा दिनैजसो नयाँ नयाँ लोकदोहोरी गीतहरु आइरहेका छन् ।

पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरैभन्दा धेरै बजारमा आएका छन् र धेरैजसो गीतहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोकदोहोरी गीत ’शीतल दिने कर्के नजरमा’ बजारमा आएको छ । गीतको लोक लय शब्द सबिता ढुंगानाकै रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराँती, सुरज श्रेष्ठ, मन्दिरा ढुंगानालगायतको अभिनय रहेको छ । गीत डी ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक च्यानलमार्फत् डिजिटल बजारमा आएको छ ।