इटहरीः चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ ।

हिजो हार्ट एफ एम धरानका कार्यक्रम संयोजक तथा रङ्ग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सहसचिव सरुपा थापामगर, कोषाध्यक्ष सविना बान्तवासहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी.कट्वाल, राजकुमार खाति, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठकपछि थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।

कार्यक्रममा विशेष अतिथि चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, अतिथिहरुमा म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार पर्शुराम चौधरी, निर्माता तथा निर्देशक भीम लामा, संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, कलाकार तथा चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, कोशी अनलाइनका सम्पादक सुविद गुरागाई, अग्रज पत्रकार कृष्ण अधिकारी ,निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए । कार्यक्रममा फिल्मकर्मी राजकुमार राई प्रमूख अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार पीबी दियाली, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ, चलचित्र पत्रकार संघ प्रदेश १ शाखाका कार्यसमिति सदस्य सुवास संकल्प, निर्देशक समाज नेपालका सदस्य निर्देशक भीषण राई, इलाइट सिनेमा इटहरीका संचालक नवराज केसी, निर्देशक समाज प्रदेश १ का सचिव विनोद पुडासैनी, मैथिली कलाकार सुनसरी संयोजक, सुजितकुमार साह, निर्माता तथा कलाकार विनोद पोमु , निर्देशक तथा कलाकार विजय सुब्बा, कलाकार हिमाल दाहाल , सुरेन्द्र भुजेल, बाट घरे, अभिनेत्री कामना भुजेललगायतको उपस्थिति रहेको थियो । चलचित्र पत्रकार संघ नेपालको सुनसरीसहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रीय समितिका महासचिव समीर बलामीले बताएका छन् । आउँदो चैत्र ३ गते संघले केन्द्रीय समितिको साधारणसभा यसअघि नै घोषणा गरेको छ ।