इटहरीः गायक राहुल रक्सको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ । रिसाएकी प्रेमिकालाई फकाउने थिम रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुंगाना फिचर छन् । सागर प्रधानले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन र ध्रुवराज पराजुली ‘प्रज्वलित’ले कलर संयोजन गरेका छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

v dd vrr v rrr