इटहरीः नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको ‘भुलेछु म’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा भएका आम नेपाली युवा युवतिले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राणभन्दा पनि प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन् । प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्णभक्त राईको संगीत तथा एरेन्ज गीतमा रहेको छ ।

आफ्नो देशका हरेक सम्पदा र मातृभूमिको यादलाई स्मरण स्वरुप यो गीत आफूले लेख्ने कोसिस गरेको गीतकार क्रान्ति सुब्बाले बताए । आफू जुन ठाउँमा भएपनि देशको माया र स्नेहलाई आफूले कहिल्यै भुल्न नसक्ने गीतकार क्रान्तिले बताए । सुशील डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।