इटहरीः सुनसरीको इटहरीमा शुक्रबार साँझ गायक प्रमोद खरेल आउने भएका छन् ।

अ स्टोरी अफ योंग हार्टको आयोजनामा हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि गायक खरेल इटहरी आउने भएका हुन् । इटहरीस्थित ओसियन पार्क एण्ड रिसोर्टमा हुन लागेको उक्त साँझमा गायक खरेलले आफनो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए । गायक खरेलले आफनो स्टोरीसँगै आफना दर्जन बढी गीतहरु पस्कने कार्यक्रम रहेको निर्देशक घिमिरेले बताए । झण्डै १ वर्षअघिबाट स्टोरी सुनाउने कार्यक्रमको आयोजना गर्ने योजना भएपनि लकडाउनले गर्दा कार्यक्रम गर्न सकिरहको थिएन ।

सफल व्यक्तित्वहरुको स्टोरी सुनाउँदा युवाहरुमा सकारात्मक उर्जा उत्पन्न हुने भएकाले युवाहरुलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको आयोजक अ स्टोरी अफ याेंग हार्टले जनाएको छ । जसअन्र्तगत बिद्यार्थीहरुले कार्यक्रममा प्रवेश गर्नका लागि न्युनतम शुल्क राखिएको छ । शुक्रबारको कार्यक्रममा डाइनामिक ब्याण्डले समेत प्रस्तुति गर्ने बताइएको छ । शुक्रबारको साझमा आउने दर्शकहरुका लागि फेमिली प्याकेज,साधारण प्योकजका टिकटहरु बिक्रि गरिएको छ । गायक कमल खत्रीले इटहरी आएर लकडाउनअघि पनि आफनो स्टोरी सुनाइसकेका छन् ।