इटहरीः योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ ।

‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ । चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन् । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका छन् । काठे भाकाको लोक तथा दोहोरी गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन् ।