इटहरीः गएको महिना मात्र रिलिज गरिएको गायक ज्ञान सुब्बाको “धरान शहर “ बोलको गीतको कभर भर्सन भर्सटायल गायक शिव लामिछाने “शिवाज “ले आफ्नो स्वरमा रेकर्ड गरेर कभर भिडियोसमेत तयार गरी रिलिज गरेका छन् ।
आफ्नो ठाउँको बारेमा उत्कृष्ट शब्द, संगीत र स्वरको तालमेल रहेको गीत “धरान शहर“ सुनेपछि एकपल्ट आफूलाई पनि गाउने रहर जागेपछि यस गीतका गायक ज्ञान सुब्बासँग अनुमति लिएर कभर भर्सनमा रेकर्ड गरेका गायक शिब लामिछानेले भिडियो समेत निर्माण गरेका छन् । धरान पहिलेदेखि नै थुप्रै सांगीतिक प्रतिभाहरुले जन्म लिएको ठाउँ हो र त्यस्तै प्रतिभामा ज्ञान सुब्बा पनि पर्ने लामिछाने बताउँछन् । उनको स्वरको पहिलेदेखि नै आफू असल श्रोता र फ्यान रहेको भन्दै उनले आफ्नै शहरधरानबारे राम्रो गीत गाएपछि आफूलाई गाउन एकदमै मन लागेकाले अनुमति लिएर गाएको गायक शिव लामिछाने बताउँछन् ।
                    
        
        
                            
                                                            
        



















