इटहरीः कोरोना महामारीले बन्द सिनेमा हल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को माघ १ गतेबाट देशभर प्रदर्शन गर्ने जमर्को गरिएको छ ।

नायक शिव श्रेष्ठको यो कदममा साथ दिँदै लायन्स क्लब अफ धरान ,पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा स्पेसल शो राखेको छ । साँझ ५ः३० बजे को स्पेसल शोमा स्वयम् नायक शिव श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, मिथिला शर्मा, राजाराम पौडेल, बसुन्धरा भुषाल, विष्णु चेम्जोङ्ग, रेखा फागो, सन्जोग कोइराला, प्रभु श्रेष्ठसँगै नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पहिलोपल्ट सिनेमाको पर्दामा यसै फिल्ममार्फत् डेब्यु गर्दैछन ।

त्यस्तै, चलचित्रकर्मी महासंघ प्रदेश न. १ का अध्यक्ष अरुण कुमार प्रधानले समेत नायक शिव श्रेष्ठसँगै शुक्रबार इटहरी र धरानका दर्शकहरुबीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन् । ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर समेत भर्खरै सार्वजनिक गरिएको छ । विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेका छन् ।