इटहरीः अम्बिका गुरुङको शब्दमा ‘दीप भई बलिरहँु’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने बाबु प्रधानले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई निर्दशन भने निसान कस्यप घिमिरेले गरेका हुन् । जहाँ उनले एक जोडीको मिठो प्रेम कथा प्रस्तुत गरेका छन् ।

भिडियोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौला फिचर्ड छन् । भावसागरले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, अनिता ग्वाच्चाको मेकअप र निर्दशक घिमिरेकै सम्पादन रहेको छ ।