प्रदेश पोर्टल
इटहरीः गायिका दीपा लामाको आवाजमा रहेको आधुनिक गीत ‘भुलौँ कसरी’ को भिडियो डिवी क्रियसनमार्फत् सार्वजनिक भएको छ ।

प्रेम र जीवनका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ । कृष्ण बाबुको छायाँकन तथा सम्पादन र रमेश बिजुली बिसीको निर्देशन भिडियोमा रहेको छ । ‘भुलौँ कसरी’ गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।