इटहरीः गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ ।

जसमा चर्चित गीतकार डि.पी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको भिडियोमा राजिव समरको निर्देशन, सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।

सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको‘काफल गेडी कुटुक्कै’ को भिडियोलाई डश म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ । सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समिर मोक्तानको यसअघिको गीत निरमायालाइ दर्शकले अत्याधिक मन पराएका थिए ।

4 1