इटहरीः नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आऊ ए परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परिवारको सुखको लागि परदेशमा आफ्नो कर्मलाई बेचेका नेपाली दाज भाइको पीडालाई गीतमा समेटिएको छ । चर्चित पूर्वेली गीतहरु चौबन्दी चोलीले, गुडी जाने रेल,दिक्तेल बजार,माथि माथि हिमाली भेगमा, झुम्के माया, माथि है पर्यो माया हजुर, सोल्टिनीज्यु, दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डी आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडियोमा रहेको छ ।