इटहरीः गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘म कदापी चाहन्न’को भिडियो सार्वजनिक भएको छ ।

शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियोलाई आयुष घले मगरले निर्देशन गरेका हुन् । निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एकजुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यमबाट समेटिएको छ ।

गीतको भिडियोलाई आयुष घले मगरले छायाँकन तथा सम्पादन गरेका हुन् । यसलाई सदिश जोशीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा दिपक भण्डारी, नुरज ठकुरी र प्रदिप थापाले अभिनय गरेका छन् ।