इटहरीः टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार पहिलो पटक ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ आयोजना गरेको छ । 

ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । समारोहको विशेष आकर्षण अभिनेत्री मौसमी मल्लको सम्मान रह्यो । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी यी अभिनेत्रीलाई वरिष्ठ नृत्य निर्देशकले ब्लकबस्टर क्विनको उपाधिसहित सम्मान गरिरहँदा समारोहमा उपस्थित सम्पूर्ण दर्शकदीर्घाले ताली बजाएर सम्मान व्यक्त गरेको थियो । समारोहमा नृत्य निर्देशक कमल राईले तीन दशकभन्दा अघिदेखि मौसमी मल्लले नेपाली चलचित्रलाई पुर्याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।

सम्मानित अभिनेत्री मल्लले पनि नेपाली चलचित्रलाई जीवन अर्पण गरे पनि पहिलो पटक यसरी सम्मानित हुन गाउँदा गौरवान्ति भएको बताइन् । ‘कामले म सधैं नम्बर वान नै रहेँ, तर चलचित्र क्षेत्रले मलाई कहिले सम्झिएन, आज छोराका उमेरका दुई युवा अभिनेताहरु (एसराज गराज तथा दिक्पाल कार्की) ले आफ्नो पहिलो समारोहमै मलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा म खुसी भएकी छुु, अभिनेत्री मल्लले सुनाइन् । समारोहमा अभिनेत्री मल्लले चलचित्र झुमाको आफ्नै लोकप्रिय गीत ‘बोल बोल...’मा नृत्य गरेर समारोहलाई मनोरञ्जक बनाइन् । समारोहमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलाई सदावहार सांगीतिक जोडीको रुपमा सम्मान गरियो ।

समारोहमा पत्रकार कृष्ण भट्टराईलाई मनोरञ्जन क्षेत्रको उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरियो । अभिनेताद्वय एसराज गराज तथा दिक्पाल कार्कीद्वारा सञ्चालित उक्त समारोहको प्रारम्भमा अभिनेत्री पवित्रा आचार्यले आकर्षक स्वागत नृत्य गरेकी थिइन् । कार्यक्रमको क्रममा अभिनेताद्वय गराच तथा कार्की, अशोक, बिक, मनोज बिक आदिले पनि आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा हास्य अभिनेता गोपाल ढकाल छन्देले केही व्यंग्यात्मक प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । स्पर्श म्युजिक भिडियो अवार्डमा कुमारी बैंक मुख्य प्रायोजकको रुपमा आवद्ध भएको थियो ।

यी हुन् स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० का विजेताहरु

जुरी एण्ड क्रिटिक अवार्ड

इमर्जिङ मोडल – मावन तामाङ थिङ

बेस्ट इन्डिजिनियस मोडल– माया लामा

बेस्ट किड मोडल – अपेक्षा शेरचन ९आफ्नो जमिन०

बेस्ट डेब्यू मोडल ९लोकदोहोरी० –याङजोर कार्की ९दुख्ने मुटु०

बेस्ट डेब्यू मोडल ९पपरमोर्डन० –अभिषेक ओली ९जब सम्म०

मोडल मोडल ९जुरी० – पवित्रा आचार्य ९भन्दे०

बेस्ट डेब्यू सिंगर ९फिमेल०– रञ्जिता लिम्बु

बेस्ट लिरिसिष्ट – गोविन्द प्रसाद कँडेल

बेस्ट सिनेमाटोग्राफर – दिव्य सुवेदी

बेस्ट म्युजिक भिडियो डाइरेक्टर — आदित्य बुढाथोकी

बेस्ट मोडल ९क्रिटिक०–तेलुजा खतिवडा ९धेरै पछि०

बेस्ट डेब्यू सिंगर ९मेल० – आयुष अर्याल

 

मेकअप एण्ड हेयर

इमर्जिङ मेकअप आर्टिष्ट –सजना खतिवडा

बेस्ट मेकअप आर्टिष्ट – कविता टोलाङ्गी

बेस्ट हेयर डिजाइनर– पूनम श्रेष्ठ

 

इमर्जिङ क्याटागोरी

बेस्ट इमर्जिङ कोरियोग्राफर ९मेलरफिमेल० – मनोज बिकर सरिता खड्का

बेस्ट इमर्जिङ सिंगर – निरुता राई

बेस्ट इमर्जिङ मोडल ९मेलरफिमेल० – जोर्डन राजभण्डारीरप्रशंसा रायमाझी

बेस्ट इमर्जिङ डाइरेक्टर – प्रहिल कार्की

इन्डिजिनियस क्याटागोरी

बेस्ट मोडल इन्डिजिनियस ९मेलरफिमेल० – डा।सरोजकुमार यादवरसमिता गिरी

बेस्ट म्युजिक भिडियो ९इन्डिजिनियस० – सोला श्रृंगार ९थारु भाषा०

 

डेब्यू क्याटागोरी

बेस्ट मोडल डेब्यू ९पपरमोर्डन,मेलरफिमेल० – आषिश कुमार रौनियारररुबिष्का श्रेष्ठ

बेस्ट मोडल डेब्यू ९लोक दोहोरी० – रुबेस बराइली

बेस्ट सिंगर डेब्यू ९पपरमोर्डन, मेलरफिमेल० – आदित्य बुढाथोकीरकाब्या गुरुङ

बेस्ट डाइरेक्टर ९डेब्यू० – गोपाल ढकाल छन्दे ९बाटो भन०

लोक दोहोरी क्याटागोरी

बेस्ट मोडल ९लोक दोहोरी० – अनु पराजुली ९केशरी०

बेस्ट सिनेमाटोग्राफर – महेश महरा ९साइत०

बेस्ट डाइरेक्टर ९लोक दोहोरी० – चित्र मास्के मगर ९राम कसम०

पपरमोर्डन क्याटागोरी

बेस्ट किड मोडल– परिष्ना बास्तोला ९गोलो गोलो अण्डा०

बेस्ट लिरिसिस्ट – दधी अधिकारी ९मेरो माया०

बेस्ट म्युजिक डाइरेक्टर – अर्जुन बोसेल ९गोठालो०

बेस्ट सिंगर ९मेलरफिमेल० –सपन राईररानी शाक्यरसुमिता राई

पपुलर मोडल ९मेलरफिमेल० – दिक्पाल कार्कीरएलिजा गौतम

पपुलर सिंगर ९मेलरफिमेल० – प्रताप दासर तायाहाङ्मा राई

बेस्ट सिनेमाटोग्राफर – मुकेश हुमागाईं ९ए सानु०

बेस्ट मोडल — पल शाह ९मायालु तिमी कता छौ०

बेस्ट म्युजिक भिडियो डाइरेक्टर – मिलन चाम्स

बेस्ट म्युजिक भिडियो – फोटो फिरिममा

स्पेशल क्याटागोरी

ब्लकबष्टर क्विन– मौसमी मल्ल

सेलिब्रेटी फेसन डिजाइनर– सुक्निता