इटहरीः हाल अमेरिकामा रहेका ग्ल्यामर फोटोग्राफीमा निक्कै नै चर्चित रहेका नेपालका ग्ल्याम फोटोग्राफर राजिब श्रेष्ठले अमेरिकाबाट विगत ४ वर्ष देखि हरेक बर्ष अंग्रेजी नयाँ वर्षमा निकाल्दै आएको ग्लाम क्यालेन्डर सन् २०२१ को संस्करण कोभिड(१९ को महामारीले गर्दा डिजिटल फम्र्याटमा निकालेका छन् ।

अमेरिकामा रहेका नेपाली मोडलहरु को फोटोसुट गरी क्यालेन्डरको रुपमा सन् २०१८ देखि फोटोग्राफर राजिव श्रेष्ठले ग्लाम क्यालेन्डर प्रकाशन गर्दै आएका छन्। एक बर्ष अर्थात् सन् २०२० को अवधिमा खिचेका फोटोहरुमध्ये उत्कृष्ट र आकर्षक फोटाहरु समावेस गरिएको नयाँ बर्ष २०२१ को ग्लाम क्यालेन्डर फोटोग्राफर राजिब श्रेष्ठको आधिकारिक सामाजिक संजाल  facebook.com/rajivphotobank र instagram/rajivshresthaphotography मा उपलब्ध छन् । सामाजिक दूरी कायम गर्नु पर्ने भएकोले ग्ल्याम फोटोग्राफी गर्न पनि गाह्रो भएको श्रेष्ठले बताएका छन् । हरेक महिनाको पानामा एक मोडललाई प्रस्तुत गरिने ग्लाम क्यालेन्डर २०२१ मा नेपाल र अमेरिकाको ३ जना मोडल मात्र समावेस भएका छन् । समावेश भएको मोडलहरुमा नेपालबाट मिस नेवा शोभा महर्जन , मिस नेपाल युस २००९ को शुरभी खनाल र २०२० मा अमेरिकाबाट चर्चित कला न्यौपाने रहेका छन् ।

ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा.अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए । २०२० को क्यालेन्डर नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम विश्वकर्माका साथै नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराईली, मिस नेपाल यु एस ए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्त रुपमा गरेका थिए । राजिव श्रेष्ठको फोटोग्राफी कलाले नेपाल र नेपाली संस्कृतिलाई जोड्न सहयोग पुग्ने कुरा यस क्षेत्रका व्यक्तित्वहरुले बताउने गरेका छन् ।

‘झट्ट हेर्दा मोडल र ग्ल्यामर होला तर राजिव श्रेष्ठको मोडलिङ्ग फोटोग्राफीले नेपालमा एउटा नयाँ आयाम ल्याएको थियो, अब यो क्रम अमेरिकामाको नेपाली माझ पनि स्थापित भएको पाए’, भर्जिनिया निवासी व्यवसायी भरत बराइलीले भने । नेपालमा रहँदा फोटोग्राफर राजिव श्रेष्ठले नै चर्चित नायिकाहरु को ग्लाम फोटोशुट गरि बि।स।२०६५ मा यामाहा ग्लाम २०६५ क्यालेन्डर प्रकाशन गरी ग्लाम क्यालेन्डरको सुरुवात गरेका थिए ।