इटहरीः एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ २०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन् ।

उनले ताजसंगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटलसमेत जित्न सफल भएकी थिइन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फस्र्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट बाल्कको उपाधि जित्न सफल भएका थिए । प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको आतिथ्यमा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा विषेश अतिथिहरु पूर्वमन्त्री पर्शुराम तामाङ र धन बहादुर घले रहेका थिए । विगत ३ वर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ ।

उक्त प्रतियोगिताको निर्णायकहरु केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा प्रदेशसभा सदस्य प्रभात तामाङ रहेका थिए । प्रतियोगिताका विजेताहरुले नगद रुपयाँ ५०,२५,१५ र १० हजारसहित विभिन्न उपहारसमेत पाएका थिए । तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम् रहनसहनलाई उजागर गर्दै विवाहित गृहिणी र व्यवसायिक तामाङ महिला दिदीबहिनीमार्फत् अन्य जनजति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मिसेस तामाङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउन केन्द्रित रहेको छ ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्यमार्फत् एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् । यस सौन्दर्य प्रतियोगिताले विवाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छिन् । प्रतियोगिताको सञ्चालन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए ।

viber_image_2020-12-31_09-36-23