इटहरीः ‘धरान शहर’बोलको रेकर्ड गरी म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिकस्थलहरुको प्रचार प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यवाद दिँदै धरान सरोकार समाज काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सर्जकहरुलाई सम्मानित गरेको छ ।

‘धरान शहर’ बोलको गीतका गीतकार हर्क चुम्मो संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. १ का सहसंयोजक वासुदेब बराल, सुनसरी उद्योग वाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै अतिथि वासुदेव बरालले धरानको पर्यटन प्रवद्र्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताउँदै भविष्यमा अंग्रेजी सब टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताए । अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृष्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार (प्रसारको प्रमुख दस्तावेज बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरुलाई धन्यबाद दिए । कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिइन् ।

 

IMG_2415