इटहरीः पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमालको नयाँ गित ‘मेरो धड्कन’ सार्वजनिक भएको छ ।

रचनाको साथमा संगीत संयोजकमा उस्तै स्वरका धनि पुष्कर सुनुवार रहेका छन् । रचनाका हरेक गीतले बजारमा एउटा तरंग छाएको समयमा पुनः अमिर माबो र पासाङ तामाङको शब्दलाई उनले भाव प्रदान गरेकी हुन् । गायिका रिमाल र गायक सुनुवारको धेरै गीतहरु बजारमा आइसकेका छन् भने यो गीत पनि बजारमा आइसकेको छ ।

भनिन्छ नि दुनियाँ प्रेममा बाँधिएको छ । हुन त प्रेमलाई अहिलेसम्म कुनै शब्द तथा वाक्यले परिभाषित गर्न सकेको छैन तैपनि भाव भने हरेक शब्दले दर्शाउने छ । यसैको उदाहरण हो ‘मेरो धड्कन ।’ गीत गायक पुष्कर सुनुवारकै युट्युब च्यानलबाट बजारमा आइसकेको छ । गीतको भिडियोलाई मोहन सुनुवार ‘नविनले सम्पादन गरेका हुन् ।