इटहरीः प्रेम कथानक फिल्म ‘हिँड्दा हिँड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ ।

गत असोजमा शुभ मुहुर्त गरिएको फिल्मको पहिलो दिनको स्पट गोदावरी भएको फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिएका छन् । मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधीन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् ।

9

महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडौँ र गाइघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत रहँदा कविराज गहतराजले कोरियोग्राफी गर्ने छन । देव महर्जनले द्वन्द्व निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अवधि ३५ दिन तोकिएको छ ।