इटहरीः नेपाल चलचित्र कलाकार संघले कोरोना योद्धाहरुलाई सम्मान गर्ने भएको छ ।

आउँदो साधारणसभामा कोभिड(१९ तथा लकडाउनको विषेश परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघ(संस्था, देशका पीडित नागरिकलाई राहत तथा सहयोगमा जुट्ने र जुटाउने चलचित्रकर्मीलाई विशेष सम्मान गरिने निर्णय गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिएका छन् । कोभिड(१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर चलचित्रकर्मी, कलाकार तथा पीडित जनताहरुको लागि राहत वितरण र राहत संकलन गरी सामाजिक उत्तरदायित्व निर्वहनको क्षेत्रमा उदारणीय कार्य गरेकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गर्न लागिएको बताइएको छ ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सम्मानित हुने चलचित्रकर्मीहरुमा कलाकार निर्मल शर्मा, नायक पल शाह, नायिका पुजा शर्मा, कलाकार तथा रंग पत्रकार सुर्य चन्द, चलचित्रकर्मी राज घिमिरे, निर्देशक एभरेष्ट सुर्य बोहरा र नायिका रिया श्रेष्ठ रहेका छन् ।