इटहरीः गायक अर्जुन पन्त र गायिका जमुना पौडेल को आवाजमा रहेको”जुन ताराले” गीतको भिडियो न्यु अन्जना डिजिटलमार्फत् सार्वजनिक भएको छ । 

मौलिक लोक लयका साथै प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । गीतमा आफ्नी मायालुलाई फकाउनको लागि गायक पन्त निकै खप्पिस देखिएका छन ।

दिपक गिरीको छायाँकन, निशान एसकेको सम्पादन तथा निर्देशन भिडियोमा छ ।”जून ताराले” गीतको भिडियोमा जय राज घिमिरे र सुशिला बास्तोला साथै साथीहरुको अभिनय तथा नृत्य रहेकोे छ ।