इटहरीः चर्चित गायिका भूमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।

यस गीतको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देख्न सकिन्छ । विद्यार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेमलाई समेटेर भिडियोमा चित्रण गरिएको देखन सकिन्छ । पछिलो समय धेरै नै चर्चामा रहेको गीत ” बुट्टा भरेको ”को अपार सफलतापछि गायिका गिरीले आफनो अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।

यस गीतको शब्द र संगीत भर्ने काम प्रकाश दुतराजले नै गरेका छन् । यस गीतको छायांकन करण चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका निकै व्यस्त सम्पादक नविन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलरिङ गरेका छन् ।