इटहरीः पछिल्लो समय आफ्नो संगीतमा थुप्रै गीत सार्वजनिक गरिसकेका गायक तथा संगीतकार प्रेम घिमिरेले आफ्नै शब्द,संगीत अनि स्वरमा मनका कुरा (पूर्वेली ठिटी-२) सार्वजनिक गरेका छन् ।

पूर्वेली ठिटी बोलको गीतबाट सांगीतिक जगतमा पाइला चालेका प्रेमले सोही गीतको दोस्रो भागको रुपमा यो गीत सार्वजनिक गरेका हुन् । पहिलो गीतमा उनले चर्चित मोडल एलिसा राई र नेपाल आईडल सिजन ३ का दोस्रो रनर अप किरण भुजेललाई अभिनय गराएका थिए भने दोस्रो भागमा स्वयं प्रेमले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा सजिता खड्काको साथ रहेको छ ।

132134630_3534847849945867_23961268834459654_n

पूर्वको रमणीय स्थान ताप्लेजुङ, इलाम, मोरङको भाइरल सेल्फी रोड, हसिना सिमसारका साथै प्रेमले अध्ययन गरेको स्कुल पूूर्वाञ्चल एकेडेमीमा उनले गीतको छायांकन गरेका छन् । अनिल कटुवालको छायांकन तथा सम्पादनमा रहेको यो भिडियोको निर्देशन पनि प्रेम घिमिरेकै रहेको छ । दिनेश न्यौपानेको संगीत संयोजन, प्रकाश मिश्रको मिक्सिङ मास्टरिङ रहेको गीत अकेस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।