इटहरीः गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम त नि’ बोलको गीत सार्वजनिक भएको छ ।
सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के.सी. र नारायणबहादुर पाण्डेको अभिनय देख्न पाइन्छ । गीतमा शब्द र संगीत भिम बी.सी. एरेन्ज पुष्कर सुनवार र मिक्सिङ र मास्टरिङ दीपकराज विश्वकर्माको रहेको छ ।
देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन र कलर विकास दाहाल, प्रोडक्सन मेनेजमेन्ट दीपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर र नन्दा अधिकारी र प्रचार संयोजन सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।