इटहरीः वसन्त सापकोटा र मेलिना राईको स्वरमा चल्छ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ । सृष्टि खड्का र विजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ । गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ । निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडियोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन् ।

म्युजिक भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदीप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ ।