इटहरीः गायिका समिक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्वजनिक भएको छ ।

मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन गरेका हुन् भने कोरियोग्राफी केशब राज भट्ट (समिर) ले गरेका हुन् । सार्वजनिक भएको उक्त गीतको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउँछन् ।