इटहरीः नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिरहेको नै छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनीलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नुपर्ने हुन्छ । तर केही दिनअघि सार्वजनिक भएको ट्रि इन्टरटेनमेन्टद्वारा निर्माण गरिएको निर्देशक दीपेश सापकोटा निर्देशित “आकाशैको छानामुनि‘” बोलको गीत सर्जकलाई जानकारी नगराई निर्माण गरेकोले आफूलाई घाटा लागेको बतायो, “आकाशैको छानामुनि‘” को सर्जक तथा निर्माता ट्रि इन्टरटेनमेन्टले ।

गायाक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठूलै लागतमा निर्माण गरेको थियो । स्मारिका समारिका ढकाल युटुब च्यानलले बिनाअनुमित कभर भिडियो निर्माण गरेर अपलोड गरेको ट्रि इटरटेनमेन्टले बताएको छ । ट्रि इन्टरटेनमेन्टले आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनी उपचारमा लाग्ने बताएको छ । स्मरण रहोस्, प्रतिलिपि अधिकार ऐन अनुसार यस्तो कार्य गर्ने गराउनेलाई कडा कारबाही र जरिवानाको प्रावधान रहेको छ ।

हाल कभर भिडियो निर्माणको क्रमले गर्दा असली श्रष्टा र सर्जकलाई धेरै नै घाटा पर्ने गरेको छ । यस्तो खालको घटनाबारे दैनिकजस्तो सांगीतिक रोयल्टी समाज, संगीतकर्मी संघ र गीत संगीतको क्षेत्रमा क्रियाशील अन्य निकायहरुमा उजुरी पर्ने गरेको छ । पटक पटक हुने श्रष्टा माथिको यस्तो प्रहारले सांगीतिक क्षेत्रमा व्यसायिक रुपमा लाग्नेहरुलाई निरुसाहित बनाइरहेको छ ।