गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतिक कोसेली ‘कहाँ जान लागेकी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सिङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजिक भिडियोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ ।

गंगाराम राई र दीपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदीश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दीपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दीपिशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाइट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजनकि गरिएको हो ।