इटहरीः लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत लेख्नु थियो एउटा पत्र को म्युजिक भिडियो सार्वनिक भएको छ ।
दर्जनौ चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सव तथा साँस्कृतिक कार्यक्रममा व्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको लेख्नु थियो एउटा पत्र भर्खरै मात्र युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।
गीतकार प्रिति कौरको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ नरेश आयरले छायांकन गरेका छन् भने राज केसीले निर्देशन गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा अश्मिता दाहाल र एल.बि.विश्वकर्मालाइ फिचर गरिएको छ ।