इटहरीः नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ । शारिरिक रुपमा ”अपाङ्ग” भएपनि जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफू तयार रहेको कुरा गायिका भावनाले गीतमार्फत ब्यक्त गरिएको छ ।

अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पीडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । नविन गिरीको छायाँकन, निरन्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”अपाङ्ग”गीतको भिडियोमा भावना, पूर्ण सवनम र सन्ध्याको अभियन रहेको छ ।