इटहरीः गायक सुन्दर भिकेटी र गायिका ममता गुरुङको सुमधुर स्वरमा रहेको गीत पिरतीको भिसा लगाईदेउ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
लोकप्रिय गीतकार डि.पी खनालको शब्द,कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजमा रहेको गीतको भिडियोमा टिम कार्टुनको साथमा टिकटक क्विन समिक्षा बस्नेत,करिश्मासिंह ठकुरी,बिना राउत,युशला ओली लगायतलाई फिचरिङ गरिएको छ ।
नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको यस भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन । डस म्युजिकको प्रस्तुति रहेको पिरतीको भिसालाई डस म्युजिक नेपालको आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।