इटहरीः नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पूर्णकला बिसी र गायक सुरज थापाको आवाजमा ”पैसाको अभाव ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जीवन भोगाइलाई गीतमा समेटिएको छ । साहुसँग ऋण लिएर परदेशी भूमिमा श्रम गर्न विवश हजारौँ युवाको वास्तविक कथालाई गीतमा समेटिएको छ । रोशन पोखरेल र इन्द्र दाहाल शिषिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ ।

गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशील डाँगी र राहुल राईको छायाँकन , अविनाश डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ”पैसाको अभाव ” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भूमिकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।