इटहरीः गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत नगर पिर मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण बिक ुुभान्जाुु को संगीत संयोजन रहेको छ । चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ । नवलपरासीका गायक अर्जुन सापकोटा सानैदेखि गायनमा रुचि राख्थे ।
उनले आफ्ना बुवाको रचनामा गीतहरु गाउने गर्थे । आफ्नो संगीत यात्राको छोटो समयमै गीत गायनको साथै शब्दरचना र गीतमा मिठो संगीत भर्न सिपालु गायक अर्जुन सापकोटाले यसअघि चर्चित गायिकाहरु देवी घर्ति ,पूर्णकला बीसी लगायतसँग युगल गीत गाइसकेका छ्न भने उनको बनकी चरी, दशैंगीत र नमस्ते ले छोएनु रोइला गीतलाई दर्शक माझ लोकप्रिय छन् ।