इटहरीः नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । शंकर अधिकारी (घायल)को शब्द तथा बाबुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन, सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” गीतको भिडियोमा पवन खतिवडा र सुशिल थापाको अभिनय देख्न सकिन्छ ।