इटहरीः नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” को भिडियो सार्वजनिक भएको छ ।

प्रेम र विश्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफ्नी प्रेमीकाको हरेक पक्ष निकै राम्रो लाग्ने कुरा गायकले गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ ।

गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफ्नो मायाको बस्तीमा आपसमा रमाएर जिवनका हजारौँ स्वर्णिम सपना सजाउने अपेक्षा गीतमा रहेको छ । क्रान्ति सुब्बाले गीतको अडियो तथा भिडियो निमार्ण गरेका हुन् ।