इटहरीः मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेसनल इन्टरटेनमेन्ट अवार्ड(२०२१” हुने भएको छ । लामो समयदेखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधातर्फ “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने भएकोछ ।

“नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” यहीं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताएका छन् । अवार्डको आवेदनको लागि दर्ता फारम खुलिसकेको छ भने माघ १५ गतेसम्म फारम भरिने जानकारी दिइएको छ । जसका लागि २०१९ जनवरीदेखि २०१९ डिसेम्बर सम्मका गीत संगीतहरुलाई समावेस गरिने भएको छ भने नवप्रतिभाको हकमा २०१९ भित्र गीत निकालेको हुनु पर्नेछ । क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको यस अवार्डका अध्यक्ष सञ्चारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमका संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् ।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक(गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार,होलि), भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली), भजन, पप र आधुनिक गायक-गायिका, भाषाभाषीका गीतलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  । अवार्ड वितरण समारोहका अवसरमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । “नेसनल इन्टरटेनमेन्ट अवार्ड(२०२१” को लागि आवेदन फारम भर्न इच्छुक गायक गायिकाले क्रिएटिभ इन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आवेदन फारम भर्न सक्नेछन ।