इटहरीः लिम्बु भाषाको पालाम अन्दङ फुङ बोलको गीतको म्यूजिक भिडियोले मन जित्न सफल भएको छ । लिम्बु भाषाको चलचित्र तथा म्युजिक भिडीयोको सफल निर्देशन गर्दै आएका रवि सेर्माले पछिल्लो पटक निर्देशन गरेको पालाम अन्दङ फुङले दर्शकको मन जितेको हो । लिम्बु समुदायको जातिय मौलिख भाषा लिपी भाखा शैलीका साथै जातिय कला संस्कृति संरक्षणमा युवा पुस्तालाई आकर्षित गर्ने उद्धेश्य सहित निर्माण गरिएको म्युजिक भिडियो अन्दङ फुङ दर्शकहरुको रोजाईमा पर्न थालेको हो ।
सोल्टा र सोल्टेनी विचको धान नाच , माङगेन्ना लगायतका लिम्बु जातिका रितिरिवाज तथा संस्कारलाई म्युजिक भिडियोमा उतारिएको अन्दङ फुङ मा गायक सुमन सानु कुरुम्बाङ र निरन्ता नेम्बाङको स्वर रहेको पालामको म्यूजिक भिडियोको पुर्वी पहाडी जिल्ला ताप्लेजुङको साबाँगाउँ तथा नेपालको दोस्रो अग्लो झर्ना फुङफुङ्देन झरना क्षेत्रमा गरिएको कलाकार उदय सुब्बाले जानकारी दिए । सुब्बा इटहरी निवासी हुन् ।
लिम्बु संस्कृति झल्कने सो म्युजिक भिडियोमा कलाकारहरु कौशिला चोङबाङ,समिर माबु , उदय सुब्बा कुरुम्बाङ र सिता आङ्बुहाङ लगायत रहेका छन । गीतको म्यूजिक भिडियोले दर्शकको मन जित्न सफल भएपछि भिडियो निर्माण टीम र कलाकारहरु दंग भएका छन् ।