इटहरीः नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ विश्वव्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाइटीको युके शाखा गठन भएको छ ।

नेपाल फिल्म सोसाइटीको विधान अनुरुप केन्द्रीय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै बेलायत निवासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकताबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठनपछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भविष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाइटीको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाइटीका अन्तर्राष्ट्रिय संयोजक नायक तथा निर्माता नवराज श्रेष्ठले गराएका छन् । 

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिहरुमा वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिव मधुसुदन थापामगर, सहसचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम,ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजामगर रहेका छन् भने सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ रहेका छन् । युके शाखा गठन भएसँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकताबद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाइटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागिपर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन् ।