इटहरीः पछिल्लो समयको सर्वाधिक हिट गीत ुमेरो एक्सको छम्माकी गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारीको स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ओइ मायाु सार्वजनिक भएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय रहेको छ । एक्सन फिल्मसको अफिसियल युट्युबबाट सार्बजानिक गरिएको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

करिब डेड दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडेमाया) सँगको सहकार्यमा ओइ सानी, छडके तिलहरी लगायतका गीतहरु आइसकेका छन । यसैगरी, उनको शब्द तथा संगीतमा आधुनिक,देशभक्ती र लोक तथा दोहोरी गरी दर्जनौ गीतहरु बजारमा आइसकेका छन् । https://www.youtube.com/watch?v=yQnRS1J_Jj04