इटहरीः बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्डवमा हिजो मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिएका छन । रमेशले कालिकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन भने उनका सहयात्री साथी जीवन विष्टले तामाङकी छोरीसँग धुमधाम विवाह गरेका छन् । रमेशको विवाहमा रबि लामिछानेदेखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उपस्थिति रहेको थियो । सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवन संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ । उनकी जीवन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा अहिले धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना सँगको सम्बन्धबारे बताएका थिए र भर्खरै विवाहसमेत सम्पन्न भएको छ । कल्पना सँगको सम्बन्ध के थियो ? किन नन्दासँग विवाह गरे भन्नेबारे सबैलाई थाहा भइसकेको छ । विवाहमा रमेशकी दिदी कल्पना र अन्य धेरै चेलीहरुले रिङ्केबुङ्गको राँगोलाई भन्ने गीतमा नाचेर तहल्का मच्चाएका छन । नाच्दै दोहोरीसमेत गाएकी कल्पनाले दोहोरीमै आफ्नो मनको भावना पोखेकी छिन् । एक्कासी रबि लामिछाने आउँदा लजाएकी कल्पाना भावुक बन्दा भाग्य र भोजराजलाई सम्हाल्न मुस्किल परेको छ । भिडियोःhttps://youtu.be/rAW4iOyNOW0