इटहरीः गायक अनुप खतिवडाको “के दिनमा...” नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा इन्दिरा पौडेलको शब्द रचना, अशोक थापाको संगीत तथा एरेञ्ज रहेको छ । युवा–युवतीको रुप र सौन्दर्यका बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख विषयवस्तु बनाएर प्रस्तुत गरेको छ । गीतकार पौडेलका रचनामा अन्य गीतहरु पनि बजारमा आउन लागेको निर्माण समूहले जानकारी दिएको छ ।

ke din ma_4

भिडियोमा उमेश पौडेल र अस्मिता ओलीको मुख्य भुमिका रहेको छ । यस्तै प्रकृति कडरिया र भिष्म न्यौपानेले पनि अभिनय गरेका छन् । पूर्वी नेपालको झापाका रमणीयस्थलहरुका साथै चिया बगानमा यो भिडियोलाइ कैद गरिएको छ । उक्त भिडियो तिलक रिजालको छायांकन तथा सम्पादन तथा कृष्ण अनमोलको निर्देशनमा निर्माण भएको हो ।

https://www.youtube.com/watch?v=56FGBrOk_io&feature=emb_logo