इटहरीः गायिका अन्जु गौतमले नेपालीहरुको महान चाँड दशैलाई लक्षित गरि दशै गीत यूटुब मार्फत दर्शक श्रोता माझ ल्याएकी छन् । इटहरी हुँदै नेपाली सांगेतिक क्षेत्रमा संघर्ष गर्दै हाल काठमाण्डौंमा रहेकी उनले
सोह्र बर्षे जोवनैमा दशैको बेलामा धरानैको मेलामा जाँदा शिर छोप्ने मेरो सलै हरायो बोलको गीत यूटुव मार्फत सार्वजनिक गरेकी हुन् । उनको गीतमा शब्द र संगीत नर्वु लामाको रहेको छ । गीतको एरेन्जर खड्ग गन्र्दवले गरेका छन् । पूर्वेली लोकभाकामा रहेको सो गीतले दशैभरी जो कोहीलाई छमछमी नचाउने विश्वास गायिका गौतमले लिएकी छन् । स्टुडियोमै छायांकन गरिएको गीतको भिडियो पनि हेर्न सकिन्छ ।