बेलबारीः बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत घाम लाग्यो घमाइलोआज रेकर्डिङ भएको छ।पिक सटुडियो काठमाडौझमा रेकर्ड भएको उक्त गीत नेपालीहरुको महान पर्व दशैँसँग सम्बन्धित रहेको छ।
उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी प्रहिलो आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ।गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन्।

चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र महानायकको यो दशै गीत आज द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको छ।श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै घाम लाग्यो घमाइलो गीत बजारमा ल्याइने निर्देशक भीम लामाले बताए।
बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायक गायिका हुन्।दुबै यो समयका शक्तिशाली गायक गायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्नेछ,श्रोताहरुको भरपुर माया पाउने छ भन्ने कुरामा आफु ढुक्क रहेको उपमेयर पराजुलीले बताइन् । आम श्रोताहरुको माया प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्ने उपमेयर समेत रहेकी रचनाकार पराजुलीले भनिन् । यसअघि पराजुलीद्वारा लिखित एक दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ भइसकेका छन् ।